३ भदौ २०८३, बुधबार | August 19, 2026

अदालतको अवहेलनाको मुद्दा आज एउटै इजलासबाट सुनुवाइ हुने



काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरु र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ एउटै इजलासबाट हुने भएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दालाई प्रभावित बनाउने गरि अभिव्यक्ति दिएको भन्दै परेका छुट्टाछुट्टै रिटको सुनुवाइका लागि आज एउटै इजलास तोकिएको छ। सबै मुद्दाको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा हुनेगरि सर्वोच्चले आज तोकेको पेशीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ११ : ५१ बजे

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३