१ पुस २०८२, मंगलबार | December 16, 2025

सात दिनभित्र आफै उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात*  दिनभित्र आफै उपस्थित भएर अदालतको मानहानी मुद्दामा जवाफ दिन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

कानुन व्यवसायीहरूले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई अदालतमा स–शरीर उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

 

यसैगरी सर्वोच्चले चारजना पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ५ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको छ।

अदालतमा विधाराधीन मुद्दामा अभिव्यक्ति दिएको, वरिष्ठ अधिवक्ता र वकिलहरुलाई तमासा देखाउन अदालत गएको जस्ता अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

यस्तै पूर्वप्रधानन्यायाधीसहरुले प्रतिनिधिसभा विघटनबारे विज्ञप्ति जारी गरेको भन्दै त्यसबाट अदालतको मानहानी भएको आरोपमा अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

यसैगरी, र पूर्वसभामुख ढुंगानाले न्यायाधीसलाई जनताले तानेर सडकमा ल्याउँछन् भन्ने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका थिए ।

अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

 

*सात दिनभित्र हुनुपर्नेमा यसअघि पाँच दिनभित्र भएकोमा सच्चाएका छौं

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ०२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा