३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

गैडहवा गाउँपालिकाद्धारा ५ सय जनालाई न्यानोकपडा वितरण



बुटवल । गैडहवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा ५ सय जना जेष्ठ नगारिक, एकल महिला तथा वयोवृद्धहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा नम्बर ६ का अध्यक्ष रामबिलास यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष शुभावती यादवको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सम्पूर्ण वडाका अध्यक्षहरु, समाजेवी, गाउँ कार्यपालिका सदस्य, स्थानिय दलका प्रमुख तथा प्रतिनिहिरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष बच्चुलाल केवटले तराईका क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको जाडोबाट खासगरी वृद्धवृद्धाहरु बढि प्रभावित हुने भएकोले गाउँकार्यपालिकाको निर्णयबाट नै न्यानो कपडा वितरण गरिएको बताए ।

गाउँपालिकाले अन्य वडाहरुमा पनि निरन्तर न्यानो कपडा वितरण गर्ने योजना अगाडी बढाएको गाउँपालिकाक उपाध्यक्ष शुभावती यादवले बताईन ।

कार्यक्रममा गैडहवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामबेलास यादवले बोल्दै जनताको समस्या नै सबैको साझा समस्या भएको कारणले गर्दा न्यानो वितरण कार्यक्रम गरिएको बताए । कार्यक्रम नमस्ते बाल बचाउ नेपालको संयोजकत्वमा भएको संस्थाका अध्यक्ष जगन्नाथ बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : ११ बजे

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको