२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता शुरु, प्रनिशेषको विजयी शुरुवात



बुटवल । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ शुरु भएको छ । टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा देविनगर ओलिपथ स्थित कोर्टमा भएको उद्घाटन खेलमा काठमाण्डौ एबिएम स्कुलका प्रनिशक भारतीले विजयी शुरुवात गरेका छन । उनले बुटवल एपेक्सका प्रनिश खत्रीलाई ३-० को सेटमा पराजित गरेका हुन । खेल ११-३, ११-१ र ११-१ गएको थियो ।

पहिलो दिन प्रिक्वाटरसम्मको खेल सक्ने राष्ट्रिय रेफ्री नर बहादुर क्षेत्रीले बताए ।

विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलकुदको विकासमा नगरसरकार लागेको बताए।

प्रतियोगितामा ९६ जना खेलाडी सहभागीता रहेको उनले बताए। छात्र र छात्रा गरि दुई विधा हुने खेलमा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए। प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेकोमा बुटवल उपमहानगरपालिकाबाट १ लाख रुपैया सहयोग गरेको छ।

उद्घाटन कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, सचिव महेश खनालले खेलाडीहरुलाई शुभकामना दिएका थिए।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : १९ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद