२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरण गर्ने



बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलेशेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रदिपकुमार श्रेष्ठका अनुसार आ.व. २०७६/७७ मा तिनाउ मिसनले १० करोड ८७ लाख ८७ हजार खुद मुनाफा कमाएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण प्रस्तुत गरिएको थियो ।

साधारण सभाले आ.व. २०७६/७७को मुनाफाबाट ६ प्रतिशत बोनश शेयर वितरण गर्ने र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले १०० को अनुपातप्राप्ती गर्ने सम्वन्धी प्रस्ताव सर्वसम्मतीले पारित गरेको तिनाउ मिसन डेभलपमेण्टका बैंकका अध्यक्ष जिवन ओझाले जानकारी दिए । ओझाका अनुसार सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले प्राप्ती गर्ने अन्तिम सम्झौता पत्र तथा यस अघि भए गरेका सम्झौताहरुको अनुमोदन समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृती दिए लगत्तै सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने सिईओ श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ३७ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले