१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सहकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाईरहँदा बाँकेमा सिनियर अनमीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । देशैभरी फ्रन्ट लाईनका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप लिई रहँदा बाँकेमा भने फ्रन्टलाईनमै कार्यरत एकजना स्वास्थ्यकर्मीको कारोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार बिहनै बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिकाको टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी भारतीको आज विहान ५ः२७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि अनमी भारती गत माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोभिड माहामारी नियन्त्रण, निदान र उपचारमा फ्रन्टलाइनमा खटिएर काम गर्दै गर्दा कोरोना संक्रमण भइ उपचारका क्रममा अनमी भारतीको निधनले कुशल र पेशाप्रति समर्पित रास्ट्रसेवक कर्मचारी गुमाउनु परेको बताएकाछन् । शहिद दिवसकै दिन कुशल र कत्श्यनिष्ट स्वास्थ्य कर्मचारी गुमाउनु परेको भन्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले सामाजिक संजालमार्फत सार्वजनिक रुपमा दुःख व्यक्त गरेका छन ।

मृतक भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका धर्मपत्नी हुन् ।

यससँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ११ : १४ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल