१६ असार २०८३, मंगलबार | June 30, 2026

निर्वाचन आयोगको बैठकमा प्रचण्ड-नेपाल पक्ष सहभागी भएन, माघ १८सम्म बैठकमा आउन नसक्ने जानकारी



काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाईएका नेकपा प्रचण्ड-माधव पक्षले आजको छलफल कार्यक्रममा प्रतिनिधित्व गर्न नसक्ने ब्यहोरा सहितको पत्र निर्वाचन आयोगलाई पठाएको छ ।

आयोगले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई सो पक्षले आग्रह गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षका अध्यक्ष वा अध्यक्षले ताकेको प्रतिनिधलाई उपीथत हुन आग्रह गरेको थियो ।

नेकपाले आयोगलाई पठाएको पत्रमा अध्यक्षद्धय माधवकुमार नेपाल र प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने उल्लेख गरिएको छ ।

पत्रमा अध्यक्षद्वय काठमाडौ बहिर रहेकाले प्रतिनिधी पनि पठाउन असहज भएको भनिएको छ ।

पार्टीका नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : १९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै