२ भदौ २०८३, मंगलबार | August 18, 2026

दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई ओली पक्षको आग्रह



काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि आयोग पुगेका नेकपा ओली पक्षका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेर फर्केका छन् ।

दुई अलग अलग दलको अस्तित्व स्विकार नगरेपनि दुई दललाई अलग अलग पत्र पठाएर दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न छलफलका लागि बोलाएको बैठकमा प्रचण्ड(नेपाल पक्ष उपस्थित नभएपनि ओली पक्षका नेताहरु भने छलफलका लागि आयोग पुगेका थिए । प्रचण्ड–नेपाल पक्षका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएर बैठकमा अनुपस्थित भएका थिए ।

ओली पक्षबाट महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका थिए ।

आयोगबाट फर्कनै क्रममा ओली पक्षका नेता सुवास नेम्वाङले आयोगले सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको जनाएको सञ्चारकर्मीहरुलाई बताए ।

‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं ।नेम्वाङले भने, केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । निर्वाचनबाट सबै टुंगो हुन्छ ।’

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ५१ बजे

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम

पश्चिम नेपालमा वर्षा जारी, पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा