२० बैशाख २०८१, बिहिबार | May 3, 2024

दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई ओली पक्षको आग्रह



काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि आयोग पुगेका नेकपा ओली पक्षका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेर फर्केका छन् ।

दुई अलग अलग दलको अस्तित्व स्विकार नगरेपनि दुई दललाई अलग अलग पत्र पठाएर दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न छलफलका लागि बोलाएको बैठकमा प्रचण्ड(नेपाल पक्ष उपस्थित नभएपनि ओली पक्षका नेताहरु भने छलफलका लागि आयोग पुगेका थिए । प्रचण्ड–नेपाल पक्षका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएर बैठकमा अनुपस्थित भएका थिए ।

ओली पक्षबाट महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका थिए ।

आयोगबाट फर्कनै क्रममा ओली पक्षका नेता सुवास नेम्वाङले आयोगले सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको जनाएको सञ्चारकर्मीहरुलाई बताए ।

‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं ।नेम्वाङले भने, केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । निर्वाचनबाट सबै टुंगो हुन्छ ।’

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ५१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक