१२ असार २०८३, शुक्रबार | June 26, 2026

मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता : एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाइ उपाधि



बुटवल । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन ।

रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा देविनगर ओलिपथ स्थित कोर्टमा भएको फाईनलमा एपिएफकै बोधित डिसिलाई पराजित गर्दै उपाधि हात पारेका हुन । यसैगरि छात्रातर्फ आर्मीकी दीक्षा दाहाललाई पराजित गर्दै आर्मीकै दिया देउलाले उपाधि हात पारेकी हुन।

यसैगरि प्रतियोगितामा छात्रतर्फ सुनसरीका अनमोल बिक र एपिएफका विशाल गोले तेस्रो भए । छात्रातर्फ भने एपिएफकी ईभाना थापा र बियंका राई तेस्रो भएकी छिन । प्रतियोगितामा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।

खेल सुरुहुनु पूर्व आयोजित उदघाटन समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, लगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए। प्रतियोगितामा ९६ जना खेलाडी सहभागीता रहेको उनले बताए।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : १४ बजे

विश्वकप फुटबल : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी