४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका केही पहाडी भू-भागहरुको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै तराईका केही भू-भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं.१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ५३ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले