६ श्रावण २०८३, बुधबार | July 22, 2026

इजरायली दूतावास नजिकै विस्फोटपछि भारतभर सुरक्षा व्यवस्था कडा



नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै बम विस्फोट भएपछि भारतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इजरायली दूतावासबाट १०० मिटरको दूरीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । बिस्फोटबाट दूतावासलाई क्षति नपुगे पनि नजिकै पार्किङ गरिएका कारलाई क्षति पुगेको थियो । इजरायली दूतावास नयाँ दिल्लीस्थित उच्च सुरक्षा व्यवस्था भएको एपीजे अब्दुल कलाम रोडमा पर्छ ।

भारत र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २९ औं वर्षगाँठ मनाइरहेका बेला इजरायली दूतावास नजिकै विस्फोट भएको छ । विस्फोट आतंकवादी आक्रमण हो या होइन भन्नेबारेमा भारतीय अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् ।

दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिँदै यो आतंकवादी आक्रमण हो कि होइन भनेर अहिल्यै भन्नु हतार हुने प्रतिक्रिया दिएका छन् ।भारतीय संचारमाध्यमहरुका अनुसार इजरायली खुफिया एजेन्सीले समेत अनुसन्धानमा सघाउने भएको छ ।

यसअघि पनि सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो । सो आक्रमणको दोष इजरायलले इरानमाथि लगाएको थियो ।

विस्फोट लगत्तै भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायली समकक्षी गावी आशकेनाजीसँग फोन सम्पर्क गरेका थिए । त्यसक्रममा भारतले इजरायली मिशन र कटुनीतिज्ञहरुको सुरक्षाको सुरक्षाको ज्ञारेन्टीको प्रतिवद्धता जनाएको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ ।

गणतन्त्र दिवसका दिन हजारौं किसानको ट्रयाक्टर परेडलाई नियन्त्रण गर्न नसकेको भनेर आलोचित बनेको दिल्ली पुलिसमाथि शुक्रबारको बिस्फोटपछि थप चुनौती थपिएको छ ।

गुप्तचर एजेन्सीहरुले राजधानी लगायतका बोधगया, अयोध्या लगायत मुख्य शहरमा आतंकवादी आक्रमण हुनसक्ने चेतावनी दिँदै सुरक्षा सतर्कता बढाउन सुझाव दिए पनि दिल्ली पुलिसले सतर्कता नअपनाएको भन्दै आलोचना भएको छ । गुप्तचार एजेन्सीले भारतीय सुरक्षानिकायलाई जनवरीको २४ पछिका दिनहरुमा हमला हुन सक्ने पहिले नै सुचना दिएका थिए ।

तर, सुरक्षा संयन्त्रलाई किसान आन्दोलन दबाउन प्रयोग गरिएको मौका छोपेर आतंकबादी बिष्फोट गराईएको सञ्चारमाध्यमहरुले अनुमान गरेका छन् ।

बम विस्फोटपछि भने भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विदेशी दूतावास, सरकारी कार्यालय एवं प्रतिष्ठान र महत्वपूर्ण भवनको सुरक्षा व्यवस्था बढाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ५९ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले