२२ मंसिर २०८२, सोमबार | December 8, 2025

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएपनि ढुक्क भएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिएका छन् । अधिकारीका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफै हराएर जाने गरेको बताए ।

खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफै निको भएको छ”, उनले भने, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक÷दुई दिनमा निको हुन्छन ।”

डा. अधिकारीले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताए । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताए । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताए । डा. भण्डारीले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताए ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् ।

भारत सरकारको सहयोगमा ल्याइएको १० लाख मात्रा खोप अहिले देशभर कोरोना विरुद्ध अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाई कर्मचारी र सुरक्षाकर्मीलाई दिइँदैछ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १ : ४२ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन