३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा



बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे को प्रमुख आतिथ्यातमा साधारण सभा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पेशागत एकताको लागि सबै जनामा एक जुट हुनुपर्ने बताए । उनले स साना व्यवसायीहरुको हितको लागि आफु जहिले पनि साथमा रहेको भन्दै अवैध रुपमा व्यवसाय गर्ने छुट कसैलाई नभएको समेत बताए । कार्यक्रममा बोल्दै उनले भने-‘ सबैको हितको लागि व्यवसायीक एकता आवश्यक छ, स-साना व्यवसायीहरुको लागि मैले गर्नुपर्ने दायित्व पुरा गर्ने छु । ’
आफु मतहतमा रहेका कार्यालयले स साना स्वरोजगार व्यवसायीहरुको हितको लागि गर्ने सहयोगको कुनै पनि कमी नराख्ने भन्दै उनले यसको लागि संस्थागत रुपमा आफ्नो कार्यालयबाट व्यवसायीहरुले गरेको अपेक्षाको लिपीवद्ध उपलब्ध गराउन समेत आग्रह गरे ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले सरकराले ठुला व्यवसायी र साना व्यवसायीहरुलाई एउटै आखाले हेर्र्नुपर्नेमा जोड दिए । स-सानो लोभका लागि उपभोक्ताको हित माथि खेलवाड नगर्नको लागि आग्रह गर्दै उनले यसमा ख्याल गर्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ खेम बहादुर हमाल ले सरकारले स्वरोजगार आत्मर्निभर हुदै आएका व्यवसायीहरुलाई अनावश्यक रुपमा दुख दिने काम गरेको भन्दै यसमा मानविय व्यवहारले काम गर्नको लागि आग्रह गरे । कार्यक्रममा रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौड्यल, व्यपार संघ उपाध्यक्ष प्रकाश ढकाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी का सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थी, नेपाल बजार विक्री संघका केन्द्रीय अध्यक्ष सुर्य पराजुली, नेपाल व्यापर कर्मचारी संघका नेत्र अर्याल मावन अधिकारी तथा शान्ति समाज समाजका सभापति डि पी खनाल, लुम्बिनी फलफुल तथा तरकारी थोक विक्रेता संघका अध्यक्ष बावुराम भुषाल, खुद्रा किराना व्यवसायी संघका संस्थापक अध्यक्ष टिकाराम गैरे, निवर्तमान अध्यक्ष गंगा न्यौपाने,पुर्व अध्यक्ष लक्ष्मण न्यौपाने, पुर्व अध्यक्ष केशव कुवंर, व्यावसायीहरु कृष्ण प्रसाद पाण्डेय, राधा भुषाल, यस्तै संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल, लगायत बोलेका थिए । कार्यक्रम संचालन महासचिव गोपाल कुमार प्रधान , स्वागत उपाध्यक्ष मोहन न्यौपाने, धन्यवाद शालिक राम श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ४ : ५८ बजे

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको