१६ बैशाख २०८१, आइतबार | April 28, 2024

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा



बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे को प्रमुख आतिथ्यातमा साधारण सभा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पेशागत एकताको लागि सबै जनामा एक जुट हुनुपर्ने बताए । उनले स साना व्यवसायीहरुको हितको लागि आफु जहिले पनि साथमा रहेको भन्दै अवैध रुपमा व्यवसाय गर्ने छुट कसैलाई नभएको समेत बताए । कार्यक्रममा बोल्दै उनले भने-‘ सबैको हितको लागि व्यवसायीक एकता आवश्यक छ, स-साना व्यवसायीहरुको लागि मैले गर्नुपर्ने दायित्व पुरा गर्ने छु । ’
आफु मतहतमा रहेका कार्यालयले स साना स्वरोजगार व्यवसायीहरुको हितको लागि गर्ने सहयोगको कुनै पनि कमी नराख्ने भन्दै उनले यसको लागि संस्थागत रुपमा आफ्नो कार्यालयबाट व्यवसायीहरुले गरेको अपेक्षाको लिपीवद्ध उपलब्ध गराउन समेत आग्रह गरे ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले सरकराले ठुला व्यवसायी र साना व्यवसायीहरुलाई एउटै आखाले हेर्र्नुपर्नेमा जोड दिए । स-सानो लोभका लागि उपभोक्ताको हित माथि खेलवाड नगर्नको लागि आग्रह गर्दै उनले यसमा ख्याल गर्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ खेम बहादुर हमाल ले सरकारले स्वरोजगार आत्मर्निभर हुदै आएका व्यवसायीहरुलाई अनावश्यक रुपमा दुख दिने काम गरेको भन्दै यसमा मानविय व्यवहारले काम गर्नको लागि आग्रह गरे । कार्यक्रममा रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौड्यल, व्यपार संघ उपाध्यक्ष प्रकाश ढकाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी का सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थी, नेपाल बजार विक्री संघका केन्द्रीय अध्यक्ष सुर्य पराजुली, नेपाल व्यापर कर्मचारी संघका नेत्र अर्याल मावन अधिकारी तथा शान्ति समाज समाजका सभापति डि पी खनाल, लुम्बिनी फलफुल तथा तरकारी थोक विक्रेता संघका अध्यक्ष बावुराम भुषाल, खुद्रा किराना व्यवसायी संघका संस्थापक अध्यक्ष टिकाराम गैरे, निवर्तमान अध्यक्ष गंगा न्यौपाने,पुर्व अध्यक्ष लक्ष्मण न्यौपाने, पुर्व अध्यक्ष केशव कुवंर, व्यावसायीहरु कृष्ण प्रसाद पाण्डेय, राधा भुषाल, यस्तै संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल, लगायत बोलेका थिए । कार्यक्रम संचालन महासचिव गोपाल कुमार प्रधान , स्वागत उपाध्यक्ष मोहन न्यौपाने, धन्यवाद शालिक राम श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ४ : ५८ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म