२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

रामको मुर्ति बनिसक्यो सीताको बन्दैछ : प्रधानमन्त्री ओली



चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनबाट निर्वाचित सांसदहरूले रामको जन्मभूमिमा राम मन्दिर किन बनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । गत पुस ५ गतेसम्म एउटै पार्टीमा रहेका चितवनका ३ जना सांसदहरूलाई राम मन्दिर किन बनेन भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका हुन् ।

शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा आउने वर्ष राम मन्दिर बनाइने बताए ।

उनले रामको मूर्ति बनिसकेको, सिताको मुर्ति बन्दै गरेको उल्लेख गर्दै आगामी वर्ष मन्दिर निर्माण हुने जानकारी दिए ।

२०७४ को आम निर्वाचनमा चितवनबाट निर्वाचित तीनै जना सांसद प्रचण्ड-माधव पक्षमा रहेका छन् । चितवनबाट निर्वाचित सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल सबै ओलीको कदमको विपक्षमा छन् ।

पार्टीको विवादबारे बोल्दै प्रधानमन्त्री ओलीले तीन जना पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई कटाक्ष गर्दै ३ प्रधानमन्त्री लुखुर लुखर सडकमा हिँडिरहेको बताए ।

अर्को प्रसंगमा ओलीले नेकपा विभाजन नभएको र आफू नै आधिकारिक भएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ४३ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद