२४ बैशाख २०८१, सोमबार | May 7, 2024

माइनस १४ डिग्रीमा नियमित पठनपाठन



हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ ।

कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन ।

नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् ।

विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ ।

हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताए । यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : ४२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,