७ आश्विन २०८३, बुधबार | September 23, 2026

सभामुखले फिर्ता गरे संवैधानिक आयोगका नियुक्ति सिफारिस (पत्रसहित)



काठमाडौं । सरकारले विवादास्पद रुपमा गरेको संवैधानिक आयोगका नियुक्ति सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात सभामुख सापकोटाले फिर्ता पठाएका हुन् ।

सरकारले सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिका बीच गत मंसिर ३० गते विभिन्न संवैधानिक निकायमा रिक्त ४५ पदमा नियुक्ति गरेको थियो । सोही दिन दिउँसो राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा टेक्दै नियुक्ति गरे पनि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने कुनै निर्णय नभएको सार्वजनिक प्रतिक्रिया दिएका थिए । पछि सरकारले प्रतिनिधिसभा भंग गरेपछि पुष ५ गते ती नियुक्तिहरु सार्वजनिक गरेको थियो ।

सापकोटाले अहिलेको अवस्थामा संसदीय सनुवाई हुने अवस्था नरहेको जिकिर गर्दै ती पत्र फिर्ता पठाएका छन् ।

सभामुख सापकोटाले मुख्यसचिवलाई पठाएको पत्रमा भनेका छन् :

नेपालको संविधानको धारा २ बमोजिम नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ताको प्रतिनिधिमुलक संस्था प्रतिनिधिभाको नेतृत्व प्रदान गर्दै आएको अवस्थामा उक्त सभाको संरक्षण र प्रवद्र्धन गर्नु नेपालको संविधान बमोजिम मेरो प्रथम दायित्व र कर्तव्य रहेको छ । तर उक्त सभा विघटन भएको अवस्थामा सार्वभौम जनताको रक्षार्थ सो सभाको नेतृत्व प्रदान गर्ने प्रमुख पदाधिकारीको हैसियतले जनताको तर्फबाट मलाई प्राप्त हुन आएको निहित अधिकारको प्रयोग गर्नुपर्ने दायित्व ममाथि थपिएको छ ।
यसर्थ संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, संचालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाको सभामुखमा निहित भएकोले तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसंचालन) नियमावली, २०७५ को नियम ६ बमोजिम संयुक्त बैठकको अध्यक्षता गर्ने जिम्मेवारी कानुनतः प्रतिनिधिसभाको सभामुखलाई नै रहेको छ । यिनै संवैधानिक तथा कानुनी आधार, कारण र अवस्थलार्य मध्यनजर गर्दै माथि उल्लेख गरिएका पदहरुमा उल्लेख गरेअनुरुप देहायको कारणले गर्दा संसदीय सुनुवाई गर्न नसकिने अवस्था रहेकोले तहाँबाट प्राप्त हुन आएका सक्कलै कागजात यसैसाथ संलग्न राखि फिर्ता पठाइएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११