४ चैत्र २०८२, बुधबार | March 19, 2026

विश्व कुष्ठरोग दिवसमा बुटवल उपमहानगरपालिकाद्धारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम



बुटवल । ‘कोरोना महामारीमा हाम्रो संमयता, समयमा नै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने मुल नाराका साथ बुटवल उपमहानगरपालिका स्वाथ्य महाशाखाको आयोजनामा ६८ औ विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम गरी मनाईएको छ ।

नगर भित्र रहेका कुष्ठ प्रभावित व्याक्तिहरु, नगरभित्र रहेका स्वाथ्यचौकी, उप स्वाथ्य चौकी, नगर स्वाथ्य केन्द्र लगायत जनप्रतिनिधि र सरोकारवालाहरुको सभागीतामा दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले कुष्ठरोग निवारण अभियानमा बुटवल उपमहानरपालिकाले उल्लेखनिय भुमिका निर्वाह गर्ने बताईन ।

उनले रोगको विषयमा सचेतना आवश्यक रहेको भन्दै यसको लागि उपनगरपालिकाले स्थानिय स्तरमा समेत सचेतनामुलक कार्यक्रम जारी राखेको बताईन ।

कार्यक्रममा बुटवल उपमहानरपालिका जनस्वाथ्य शाखा प्रमुख उमा थापाले नेपालमा कुष्ठरोगको अवस्था, बच्ने उपाय, लक्षण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चक्रपाणी शर्मा, शिक्षा तथा स्वाथ्य महाशाखा प्रमुख तथा सूचना अधिकारी मित्र मणि खनाल, नगरपालिका स्वाथ्य शाखा कल्पना पोखरेल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : २२ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन