१० असार २०८३, बुधबार | June 24, 2026

चीनले सिनोभ्याक कम्पनीद्वारा उत्पादित ३ लाख डोज कोरोना खोप उपलब्ध गराउँदै



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

चिनियाँ दूताबासले आइतबार साँझ एक प्रश्नोत्तर प्रेस नोट जारी गर्दै छिट्टै ३ लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ । नेपाल सरकारको अनुरोधमा दिन लागिएको ३ लाख डोज खोपबाट १ लाख ५० हजार जना लाभान्वित हुने दूतावासले जनाएको छ ।

चिनिया दूतावासले नेपालमा आपतकालीन प्रयोग र खोप प्राप्तिको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीहरुसँग समन्वय गरिरहेको पनि जनाएको छ । दूतावासले छिटोभन्दा छिटो खोप नेपालमा पुर्याउन चाहेको जनाउँदै नेपालले कोभिड १९ महामारी विरुद्धको लडाईं जित्ने विश्वास व्यक्त गरेको छ ।

चीन दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता र सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्न नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको पनि दूतावासले जनाएको छ ।

चीन र नेपाल असल छिमेकी र असल साथी भएको जनाउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीको दुवैदेशले सामना गर्न परिरहेको स्मरण गरेको छ । दुवै देशले सधैंभर एकअर्कालाई समर्थन गर्दै आएको पनि दूतावासको प्रश्नोत्तर प्रेस नोटमा जनाइएको छ ।

राष्ट्रपति सी चिङफिङको प्रतिवद्धता लागु गर्न चीनले आफ्नो खोप विश्वव्यापी रुपमा उपलब्ध गराउन लागेको दूतावासले जनाएको छ । अहिले चिनियाँ खोपको चीन र बाँकी विश्वमा उच्चतम मागका बाबजुद यो अनुदान सहयोगले चीन–नेपाल मित्रताको महत्व दर्शाउने जनाइएको छ ।

नेपाललाई दिन लागेको खोप चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको हो । यो खोपले चीनमा सशर्त अनुमति प्राप्त गरिसकेको छ । सिनोभ्याकले जनवरीमा मात्रै २ करोड ४० लाख डोज खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ । सिनोभ्याकका दुई डोज लिइसकेको पछि त्यसको प्रभावकारीता ७९ दशमलव ३४ प्रतिशत रहेको पनि चिनियाँ दूतावासले जनाएको छ ।

सिनोभ्याकले चीनबाहेक पाकिस्तान, यूएई, इजिप्ट, हंगेरी लगायत १३ मुलुकमा आपतकालीन प्रयोग अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : २७ बजे

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी