१७ माघ २०८२, शनिबार | January 31, 2026

चीनले सिनोभ्याक कम्पनीद्वारा उत्पादित ३ लाख डोज कोरोना खोप उपलब्ध गराउँदै



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

चिनियाँ दूताबासले आइतबार साँझ एक प्रश्नोत्तर प्रेस नोट जारी गर्दै छिट्टै ३ लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ । नेपाल सरकारको अनुरोधमा दिन लागिएको ३ लाख डोज खोपबाट १ लाख ५० हजार जना लाभान्वित हुने दूतावासले जनाएको छ ।

चिनिया दूतावासले नेपालमा आपतकालीन प्रयोग र खोप प्राप्तिको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीहरुसँग समन्वय गरिरहेको पनि जनाएको छ । दूतावासले छिटोभन्दा छिटो खोप नेपालमा पुर्याउन चाहेको जनाउँदै नेपालले कोभिड १९ महामारी विरुद्धको लडाईं जित्ने विश्वास व्यक्त गरेको छ ।

चीन दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता र सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्न नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको पनि दूतावासले जनाएको छ ।

चीन र नेपाल असल छिमेकी र असल साथी भएको जनाउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीको दुवैदेशले सामना गर्न परिरहेको स्मरण गरेको छ । दुवै देशले सधैंभर एकअर्कालाई समर्थन गर्दै आएको पनि दूतावासको प्रश्नोत्तर प्रेस नोटमा जनाइएको छ ।

राष्ट्रपति सी चिङफिङको प्रतिवद्धता लागु गर्न चीनले आफ्नो खोप विश्वव्यापी रुपमा उपलब्ध गराउन लागेको दूतावासले जनाएको छ । अहिले चिनियाँ खोपको चीन र बाँकी विश्वमा उच्चतम मागका बाबजुद यो अनुदान सहयोगले चीन–नेपाल मित्रताको महत्व दर्शाउने जनाइएको छ ।

नेपाललाई दिन लागेको खोप चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको हो । यो खोपले चीनमा सशर्त अनुमति प्राप्त गरिसकेको छ । सिनोभ्याकले जनवरीमा मात्रै २ करोड ४० लाख डोज खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ । सिनोभ्याकका दुई डोज लिइसकेको पछि त्यसको प्रभावकारीता ७९ दशमलव ३४ प्रतिशत रहेको पनि चिनियाँ दूतावासले जनाएको छ ।

सिनोभ्याकले चीनबाहेक पाकिस्तान, यूएई, इजिप्ट, हंगेरी लगायत १३ मुलुकमा आपतकालीन प्रयोग अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : २७ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले