१७ माघ २०८२, शनिबार | January 31, 2026

आज नेपाली सेनाको बख्तरबन्द गाडीले काठमाडौं चक्रपथ परिक्रमा गर्दैं



काठमाडौं । नेपाली सेनाले आज राति बख्तरबन्द गाडी काठमाडौंको चक्रपथमा परिक्रमा गराउने भएको छ ।

नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

सेनाका एकदर्जन बढी बख्तरबन्द गाडी हातहतियारसहित चक्रपथ परिक्रमा गराइने जनाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : २८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक