११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंगलबार पेशी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर हायूले मुद्दा दर्ता गराएको मुद्दाको पेशी सर्वोच्चले मंगलबार भोलिका लागि तोकेको छ । प्रचण्डले सार्वजनिक सभामा अदालत विरुद्ध अभिव्यक्ति दिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।

विराटनगरको सभामा प्रचण्डले सर्वोच्च अदालतले सही फैसलना गर्ने विश्वास रहेको भन्दै जरुरी पर्यो भने जनताको अदालतले संसद बैठक बोलाउने र प्रतिगमनकारी अपराधीलाई कारवाही गर्नसक्ने टिप्पणी गरेका थिए ।

अधिवक्ता हायुले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै प्रचण्डले भाषण गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेको अवहेलनाको मुद्दालाई दुई दिन दर्ता गर्न होल्ड गरेको सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीस र पूर्वसभामुख दमननाथ ढुंगाना विरुद्ध समेत अवहलेना मुद्दा परेपछि एकैपटक पेशी तोकेको थियो ।

सर्वोच्चले ती मुद्दामा प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुङ्गानालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ५१ बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले