२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंगलबार पेशी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर हायूले मुद्दा दर्ता गराएको मुद्दाको पेशी सर्वोच्चले मंगलबार भोलिका लागि तोकेको छ । प्रचण्डले सार्वजनिक सभामा अदालत विरुद्ध अभिव्यक्ति दिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।

विराटनगरको सभामा प्रचण्डले सर्वोच्च अदालतले सही फैसलना गर्ने विश्वास रहेको भन्दै जरुरी पर्यो भने जनताको अदालतले संसद बैठक बोलाउने र प्रतिगमनकारी अपराधीलाई कारवाही गर्नसक्ने टिप्पणी गरेका थिए ।

अधिवक्ता हायुले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै प्रचण्डले भाषण गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेको अवहेलनाको मुद्दालाई दुई दिन दर्ता गर्न होल्ड गरेको सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीस र पूर्वसभामुख दमननाथ ढुंगाना विरुद्ध समेत अवहलेना मुद्दा परेपछि एकैपटक पेशी तोकेको थियो ।

सर्वोच्चले ती मुद्दामा प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुङ्गानालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ५१ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष