२४ आश्विन २०८३, शनिबार | October 10, 2026

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओली सर्वोच्च जाँदै



काठमाडौं । अदालतको अवहेलना गरेको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्दैछन् ।

ओलीले आफु विरुद्ध लागेको अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गर्न लागेका हुन । ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो । ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।

पूर्वप्रधानन्यायाधीसहरुले यसअघि नै लिखित जवाफ पेश गरिसकेका छन् । पूर्वप्रधानन्यायाधीसहरुले अदालतमा आफै म्याद बुझी लिखित जवाफ पेश गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए ।

 

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : ३१ बजे

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई