२४ आश्विन २०८३, शनिबार | October 10, 2026

न्यायपालिकाको सम्मान नगरेको भन्नु दुराग्रहपूर्ण छ : प्रधानमन्त्री ओली (लिखित जवाफसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफुले न्यायालयको सधैंभर सम्मान गरिरहेको बताएका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगेका प्रधानमन्त्री ओलीले जवाफमा अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन् । ओलीले आफुहै कहिल्यै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा कुनै अवरोध नगरेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले अदालतबाट भएका फैसला तथा आदेशको आफू र आफू नेतृत्वको सरकारबाट सदैव पालना र कार्यान्वयन भएको जनाउँदै आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु दुराग्रहपूर्ण भएको टिप्पणी गरेका छन् ।

लिखित जवाफमा ओलीले भनेका छन्, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ ।’

प्रधानमन्त्री ओलीले वकिलहरूलाई अपमान नगरेको पनि प्रस्ट पारेका छन् ।
उनले जवाफमा लेखेका छन्, ु मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु । मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु । प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिँदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ ।ु

प्रधानमन्त्री ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो । ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।

 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/pm-oli-likhit-jawaf.pdf”]

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  १ : ०० बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्