१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी र न्यू होराइजन विजयी



भैरहवा । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार भएको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट र न्यू होराइजन क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ७२ रनले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९६ रन बनायो । उसका लागि सागर कुँवर ४३, नितिन छन्त्याल २० रन बनाए । बलिङमा धनगढीमा रजत राना र निरज ऐरले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको धनगढीले १४.३ ओभरमा ३ विकेट क्षतिमा ९९ रन बनायो । उसका उसको जितमा संदीप विष्टले ६४ रन बनाए । यस्तै, पुष्पराज उपाध्यायले १७ रन बनाए । बलिङमा स्टारका अलदीप कुँवर र राजन कुमार भुजले १÷१ विकेट लिए । संदीप विष्ट म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर बलिङको निम्तो पाएको होराइजनले निर्धारित १५ ओभरमा ३ विकेटको क्षतिमा १४६ रन बनायो । उसका लागि अनिल थापाले नटआउट ७० र प्रकाश गिरीले ४० रन बनाए । बलिङमा ओसिसका निश्चल श्रेष्ठ र भार्गव खनालले १÷१ विकेट लिए । जवाफी ब्याटिङ गरेको ओसिसले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा ७४ रन बनायो । जसमा सम्राट भुसालले १७ र वबिन बोहराले १६ रन बनाए । बलिङमा होराइजनका सुभम खनालले ३ र अनिल थापाले २ विकेट लिए । खेलमा अनिल थापा म्यान अफ द म्याच भए ।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ । स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ८ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम