१२ असार २०८३, शुक्रबार | June 26, 2026

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी र न्यू होराइजन विजयी



भैरहवा । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार भएको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट र न्यू होराइजन क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ७२ रनले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९६ रन बनायो । उसका लागि सागर कुँवर ४३, नितिन छन्त्याल २० रन बनाए । बलिङमा धनगढीमा रजत राना र निरज ऐरले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको धनगढीले १४.३ ओभरमा ३ विकेट क्षतिमा ९९ रन बनायो । उसका उसको जितमा संदीप विष्टले ६४ रन बनाए । यस्तै, पुष्पराज उपाध्यायले १७ रन बनाए । बलिङमा स्टारका अलदीप कुँवर र राजन कुमार भुजले १÷१ विकेट लिए । संदीप विष्ट म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर बलिङको निम्तो पाएको होराइजनले निर्धारित १५ ओभरमा ३ विकेटको क्षतिमा १४६ रन बनायो । उसका लागि अनिल थापाले नटआउट ७० र प्रकाश गिरीले ४० रन बनाए । बलिङमा ओसिसका निश्चल श्रेष्ठ र भार्गव खनालले १÷१ विकेट लिए । जवाफी ब्याटिङ गरेको ओसिसले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा ७४ रन बनायो । जसमा सम्राट भुसालले १७ र वबिन बोहराले १६ रन बनाए । बलिङमा होराइजनका सुभम खनालले ३ र अनिल थापाले २ विकेट लिए । खेलमा अनिल थापा म्यान अफ द म्याच भए ।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ । स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ८ : ५० बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा