१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेकपाको प्रचण्ड-नेपाल पक्षद्वारा निर्वाचन आयोग समक्ष आधिकारिकताको दाबी प्रस्तुत



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पाटी नेकपाले निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफ्नो दाबी पेस गरेका हुन् ।

त्यसक्रममा नेकपाका नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसहितका पदाधिकारीसँग राजनीतक दलको विवादको अधिकारिकता टुंगो नलगाई निर्वाचन हुन नसक्ने समेत जिकिर गरेका छन् ।

छलफलमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको दाबी गरेको बताए । खनालले केन्द्रीय कमिटी बैठकबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी आयोगसमक्ष प्रस्तुत गरेको जानकारी दिए ।

‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन,’ खनालले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन’ खनालले भने ।

 

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : २४ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को