८ चैत्र २०८२, आइतबार | March 22, 2026

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम



गण्डकी । नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालिम सुरु गरेको छ ।

नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एकमहिने आधारभूत चिनियाँ भाषा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् । तालिममा ४२ पर्यटन व्यवसायी सहभागी छन् ।

तालिमको सोमबार आयोजित शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै यो तालिम बहुउपयोगी बन्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल पर्यटन गतिविधिलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए । रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : २१ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली