४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम



गण्डकी । नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालिम सुरु गरेको छ ।

नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एकमहिने आधारभूत चिनियाँ भाषा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् । तालिममा ४२ पर्यटन व्यवसायी सहभागी छन् ।

तालिमको सोमबार आयोजित शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै यो तालिम बहुउपयोगी बन्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल पर्यटन गतिविधिलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए । रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको