१९ बैशाख २०८१, बुधबार | May 2, 2024

रुपन्देहीमा जन्म्यो पर्यटन ब्यवसायी र होटल संचालकको नयाँ संगठन



बुटवल । पर्यटन क्षेत्रमा क्रियाशिल रुपन्देहीका पर्यटन ब्यवसायीहरुले थप एउटा नयाँ संगठनको जन्म दिएका छन् । झण्डै ४ वटा होटल र पर्यटन क्षेत्रमा काम गर्ने भन्दै पूर्ववत संगठित भएको ब्यवसायीहरुले थप नयाँ संगठन गठन गरेका हुन् ।

रुपन्देहीमा आफुलाई पर्यटकीय होटलको दाबी गर्ने र तारे मान्यता पाएका होटेल सञ्चालकहरूले थप नयाँ संगठन गठन गरेका हुन् । व्यवसायीहरुको बुटवलमा भएको भेलाले होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन गरेको हो ।

भेलाले क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठक अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । एशोसियसनको उपाध्यक्षमा फ्लामिङ्गोका संचालक दिलीप गौचन, महासचिवमा डार्सिसका विकास पाण्डे, कोषाध्यक्षमा फर्चुलका संचालक पदम केसी, सहकोषाध्यक्ष बिश्राम बाटिकाकी संचालक प्रनिदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहेका छन् ।

होटल एशोसिएसन नेपाल (हान)मा आवद्ध हुने गरी गठन भएको एशोसिएसनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पाँचतारेसहित करिब ५० वटा होटेल आवद्ध रहेका छन् ।

रुपन्देहीमा साना तथा मझौला होटलहरुको मात्र ३ वटा, स्टार मापदण्डको २ वटा र अन्य पर्यटन तथा होटल आवद्ध ब्यवसायीको थप २ वटा संगठनहरु क्रियाशिल रहेका छन् । सिद्धार्थ होटल एशोसियसन र होटल एशोसियसन लुम्बिनीले स्टार र पर्यटन मापदण्डको संगठन दाबी गर्दै आएको छ । यता नवगठित एशोसियसनका अध्यक्ष पाठकले पर्यटकीय र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रुपमा काम गर्ने गरी एशोसिएसन गठन गरिएको बताए ।

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिलाउन,सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण र पर्यटनसम्बन्धी नीति निर्माणमा होटेल एशोसिएसनको प्रतिनिधित्व अनिवार्य गराउन तीनै तहका सरकारसँग पहल गर्ने एशोसिएसनको मुख्य उद्देश्य रहेको अध्यक्ष पाठकले बताए ।

भेलामा सहभागी होटेल एशोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल राना, महेन्द्रनारायण श्रेष्ठलगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन,बुटवल(नारायणगढ सडक निर्माण छिटो पूरा गराउन एशोसिएसनले सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका थिए ।

अन्तर्राष्ट्रिय हवाई भाडा दरमा नेपाली र विदेशीका बीच ठूलो अन्तर हुँदा विदेशी पर्यटकमा नकारात्मक असर परेकाले विदेशी पर्यटकका लागि हवाई भाडा दर घटाउन एशोसिएसनले पहल गर्ने कोषाध्यक्ष पदम जीसीले बताए ।

रुपन्देहीका ठूला होटेलहरु भारतीयका लागि विवाह-व्रतबन्ध पर्यटन (माइस टुरिज्म) को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : २६ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी