१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

ओलीको नयाँ रणनीति : जनयुद्धका कमाण्डर प्रचण्ड परपर, पुर्व लडाकु र विप्लव वर वर



काठमाडौं । राजनीतिमा जनयुद्ध र माओबादी आन्दोलनलाई लगातार अस्विकार गर्दै आएका प्रधानमन्त्री केपी ओलीले जनयुद्धकै नेतृत्व गरेका प्रचण्डसँग समझदारी दिगो बनाउन नसकेपछि जनयुद्धकै महत्वपूर्ण तप्कासँग सम्बन्ध बढाएर प्रचण्ड विरुद्ध प्रयोग गर्ने प्रयास थालेका छन् ।

ओलीले पहिलो प्रयास प्रचण्डसँग चोंईटिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा लगायतलाई खुसी पार्न मन्त्री पद दिए भने तिनै मार्फत दोस्र्रो प्रयास स्वरुप पूर्व लडाकुहरुलाई आफु निकट बनाउने रणनीति बनाए ।

ओलीले तेस्रो प्रयासका रुपमा विप्लव नेतृत्वको माओबादीसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ । विप्लव माओबादीसँग सम्बन्ध सुधारका लागि ओलीले आज आफ्नै मन्त्रिपरिषदका सदस्य खानेपानी मन्त्री मणी थापालाई विप्लव माओबादीका नेता हेमन्त प्रकाश ओलीलाई भेट्न नख्खु जेलमा पठाएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ताको वातावरण बनाउन खानेपानी मन्त्री थापालाई जेलमा रहेका विप्लवका नेता ओलीसँग भेट्न नख्खु जेल पठाएका हुन् ।

नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानीमन्त्री मणी थापाले मंगलबार बिहान भेटेको मन्त्री थापाले स्किारेका छन् । विप्लव समूहमा विप्लब पछिका नेता ओली मानीन्छन् ।

ओली र थापाका बीच भएको कुराकानीलाई भने गोप्य राखिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  २ : १९ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो