१ पुस २०८२, मंगलबार | December 16, 2025

आन्दोलनमा उत्रियो कोरोना पीडित संघर्ष समिति



काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् ।

मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संगठित रुपमा संघर्षमा उत्रिएका हुन् ।

लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको प्रक्रिया पुरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताए ।

मौद्रिक नीति सबैमा समान प्रकारले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ ।

मंगलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पुरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज