७ चैत्र २०८२, शनिबार | March 22, 2026

कथित अभियन्ता ज्ञानेन्द्र शाही समूहले भेरी अस्पतालमा डाक्टर नर्शहरुमाथि हातपात, कडा कारवाहीका लागि चौतर्फि दवाव



नेपालगन्ज । भ्रष्टाचारविरोधी नागरिक अभियन्ताको आवरणमा पूर्व राजा ज्ञानेन्द्रको प्रचारक ज्ञानेन्द्र शाही समूहले कथित निगरानीका नाममा भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी दुर्ब्यवहार गरेपछि ज्ञानेन्दै शाही सहित उनको समूहलाई कारवाही गर्न नेपालगन्ज बिभिन्न संघसंस्थाहरुले माग गरेका छन् ।

सोमबार दिउँसो अस्पतालमा गैरकानुनीरुपले निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य, नर्सिङ स्टाफ देवा जोशी लगाएत स्वास्थ्यकर्मीहरुमाथी दुर्ब्यवहार गरेपछि बाँकेमा क्रियाशिल आधा दर्जन बढी संस्थाहरुले शाही सहित घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका हुन् ।

एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका ज्ञानेन्द्र शाही र उनको समूहका सदस्यले विरामीको उपचार र सेवामा लागिरहेका नर्सहरूसँग विवाद गरेका थिए । विवाद बढेपछि नजिकै रहेका डाक्टर आचार्य सहजिकरणका लागि गएका थिए र डाक्टर आचार्यले शाही समूहले भने र सोधेअनुसार काममा सहजिकरण गरेको र उक्त समूहका एक जनाको नाम, ठेगाना लेख्दा घर कहाँको भनि सोधेका थिए । त्यही बिषयलाई लिएर सो समूहले चिकित्सक र नर्सिङ स्टाफमाथि हात हालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अस्पपताल विकास समिति, राष्ट्रिय युवा संघ तथा स्वास्थ्यकर्मी सम्बद्ध संस्थाहरुले अस्पतालमा हुल हुज्ज्त गर्ने समूहमागि कडा कारवाहीको माग गरेका छन् ।

सञ्चारकर्मीहरुसँग दोषीहरु आफ्नो समूहको नभएको बताएपनि शाहीले प्रहरी नियन्त्रणमा रहेकाहरुलाई छुटाउन अस्पताल प्रशासनलाई दवाव दिएको अस्पताल स्रोतले उल्लेख गरेको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाका बारे अनुसन्धान भैरहेको र अनुसन्धानपछि दोषी भेटिएको अवस्थामा जो कोही समूह र पक्षको भएपनि दोषीलाई कानूनी कारवाही गरिने बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ४६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा