१ पुस २०८२, मंगलबार | December 16, 2025

कथित अभियन्ता ज्ञानेन्द्र शाही समूहले भेरी अस्पतालमा डाक्टर नर्शहरुमाथि हातपात, कडा कारवाहीका लागि चौतर्फि दवाव



नेपालगन्ज । भ्रष्टाचारविरोधी नागरिक अभियन्ताको आवरणमा पूर्व राजा ज्ञानेन्द्रको प्रचारक ज्ञानेन्द्र शाही समूहले कथित निगरानीका नाममा भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी दुर्ब्यवहार गरेपछि ज्ञानेन्दै शाही सहित उनको समूहलाई कारवाही गर्न नेपालगन्ज बिभिन्न संघसंस्थाहरुले माग गरेका छन् ।

सोमबार दिउँसो अस्पतालमा गैरकानुनीरुपले निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य, नर्सिङ स्टाफ देवा जोशी लगाएत स्वास्थ्यकर्मीहरुमाथी दुर्ब्यवहार गरेपछि बाँकेमा क्रियाशिल आधा दर्जन बढी संस्थाहरुले शाही सहित घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका हुन् ।

एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका ज्ञानेन्द्र शाही र उनको समूहका सदस्यले विरामीको उपचार र सेवामा लागिरहेका नर्सहरूसँग विवाद गरेका थिए । विवाद बढेपछि नजिकै रहेका डाक्टर आचार्य सहजिकरणका लागि गएका थिए र डाक्टर आचार्यले शाही समूहले भने र सोधेअनुसार काममा सहजिकरण गरेको र उक्त समूहका एक जनाको नाम, ठेगाना लेख्दा घर कहाँको भनि सोधेका थिए । त्यही बिषयलाई लिएर सो समूहले चिकित्सक र नर्सिङ स्टाफमाथि हात हालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अस्पपताल विकास समिति, राष्ट्रिय युवा संघ तथा स्वास्थ्यकर्मी सम्बद्ध संस्थाहरुले अस्पतालमा हुल हुज्ज्त गर्ने समूहमागि कडा कारवाहीको माग गरेका छन् ।

सञ्चारकर्मीहरुसँग दोषीहरु आफ्नो समूहको नभएको बताएपनि शाहीले प्रहरी नियन्त्रणमा रहेकाहरुलाई छुटाउन अस्पताल प्रशासनलाई दवाव दिएको अस्पताल स्रोतले उल्लेख गरेको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाका बारे अनुसन्धान भैरहेको र अनुसन्धानपछि दोषी भेटिएको अवस्थामा जो कोही समूह र पक्षको भएपनि दोषीलाई कानूनी कारवाही गरिने बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज