१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समीकरण पूरा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सेमिफाइनल समिकरण पूरा भएको छ । समूह (ए) बाट धनगडी क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा समूह (बी)बाट न्यू होराइजन स्कूल र ओसिस क्रिकेट एकेडेमी सेमिफाइनल पुगेका छन् ।

मंगलबार सिद्धार्थ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा धनगढीले काशी नोबललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरको खेलमा ७ विकेट क्षतिमा ९८ रनको योगफल बनायो । उसका लागि सचिन साउदले ३१ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा काशीका सन्तोष यादव र तुसार चौहानले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशीले १२.३ ओभरमा सबै विकेट गुमाई ४० रनमै समेटियो । जसमा अंकित बीएमले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । काशीलाई सस्तैमा रोक्न बलिङमा धनगढीका रोशन रावल, नरो भट्ट र रजत रानाले समान २÷२ विकेट लिए ।

धनगढीमा रोशन रावल म्यान अफ द म्याच घोषित भए । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता जारी छ । प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ०६ बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)