१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समीकरण पूरा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सेमिफाइनल समिकरण पूरा भएको छ । समूह (ए) बाट धनगडी क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा समूह (बी)बाट न्यू होराइजन स्कूल र ओसिस क्रिकेट एकेडेमी सेमिफाइनल पुगेका छन् ।

मंगलबार सिद्धार्थ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा धनगढीले काशी नोबललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरको खेलमा ७ विकेट क्षतिमा ९८ रनको योगफल बनायो । उसका लागि सचिन साउदले ३१ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा काशीका सन्तोष यादव र तुसार चौहानले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशीले १२.३ ओभरमा सबै विकेट गुमाई ४० रनमै समेटियो । जसमा अंकित बीएमले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । काशीलाई सस्तैमा रोक्न बलिङमा धनगढीका रोशन रावल, नरो भट्ट र रजत रानाले समान २÷२ विकेट लिए ।

धनगढीमा रोशन रावल म्यान अफ द म्याच घोषित भए । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता जारी छ । प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ०६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई