४ पुस २०८२, शुक्रबार | December 19, 2025

२८ करोडको मल काम नलाग्‍ने भयो



वीरगञ्‍ज । साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड रुपैयाँ मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्‍ने भएको छ ।

भदौ ६ गते वीरगञ्‍जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । २८ करोड रुपैयाँ मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्‍ने भएपछि यसको जिम्मेवारी कर्पोरेसनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।

कम्पनीले आयातकर्ता स्वीस सिङ्‍गापुरमार्फत उक्त मल मगाएको हो। सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्‍गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेसनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्‍जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो, तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन ।

सिङ्‍गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपुर्‍याएको र त्यहाँ राखिएको अवस्था असार-साउनतिर बङ्‍गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले भने, “भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्‍ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेसनले जिम्मेवारी लिँदैन ।”

भिजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्‍गापुरले लिनुपर्ने र उक्त मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

उक्त रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानूनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ ।

नेपाल सरकारको प्रतिबोरा एक सय ३२ रुपैयाँ २० पैसा अनुदान रकममा आयात भई नेपाल भित्रिएको सो मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्‍न सकेन । डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ । रासस

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको