११ चैत्र २०८२, बुधबार | March 25, 2026

संवैधानिक आयोग पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका हुन् । संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ खुवाएका छन् । अन्य सदस्यहरुलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाएका छन् ।

सपथ ग्रहण गर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका ३८ जना रहेका छन् ।

ती पदाधिकारीहरुको संसदीय सुनुवाई विनै शपथ ग्रहण भएको हो । सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण संसदीय सुनुवाइ हुन नसकेपछि सरकारले त्यसको आफुअनुकुल ब्याख्या गर्दै नियुक्ति र सपथ ग्रहण प्रक्रिया अघि बढाएको हो ।

संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गरेको थियो । त्यसपछि राष्ट्रपति कार्यालयले सपथको तयारी अघि बढाएको थियो ।

राष्ट्रपतिलाई संसदीय सुनवाई विनाको सपथ रोक्नसक्ने अधिकार भए पनि उनले सेरेमोनियल राष्ट्रपतिको बहानामा जस्तो सुकै असंवैधानिक निर्णयहरु भएपनि सरकारका निर्णयहरुलाई खुरुखुरु सदर गर्दै आएकी छिन् ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना उपप्रधानमन्त्री इश्वर पोखरेल लगायतका व्यक्तित्वहरु उपस्थिति थिए । तर, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्तिका लाग सिफारिश गरेको थियो । यद्यपी, ३८ जनाको मात्रै सपथ ग्रहण भएको हो ।

प्रतिनिधिसभा विघटन भएका कारण संसदीय समिति नै अस्तित्वमा नै नरहेको अवस्थामा भने ४५ दिने हदबन्दीको अर्थ नहुने भन्दै कानुनविद्हरुले सपथ खुवाउनु असंवैधानिक भएको जिकिर गरेका छन् । सुनुवाई समितिमै नपुगि ४५ दिन पुर्‍याएर अनुमोदनविनै आफुअनुकुल नियुक्त गर्नु अवैधानिक हुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिटसमेत दायर गरेका थिए ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : २० बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग