१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना



बागलुङ । गण्डकी प्रदेशको बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज बागलुङ बजारमा केन्द्रको कार्यालय स्थापना गरेको हो ।

तीन वर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङका किसानले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । किसानसँग सम्बन्धित कार्यालय नै भौगोलिक हिसाबले टाढा रहेको भन्दै गुनासो आएपछि सबै जिल्लामा ज्ञान केन्द्र स्थापना थालिएको थियो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ ।

कार्यालयको आज उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले किसानलाई सहयोग र सम्मानको आवश्यकता रहेको बताए । देशको प्राण धान्ने मुख्य मेरुदण्ड नै कृषि क्षेत्र भएको भन्दै थापाले किसानको सम्मान नभएसम्म कृषि पेशामा लाग्नेबाट उत्पादनमा आशा गर्न नसकिने बताए । गण्डकी प्रदेश सरकारले किसानलाई साथ र सहयोग गर्न नीतिगत तहमानै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा सरोकारवाला लाग्नुपर्नेमा उनको जोड थियो ।

नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझै पनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उहाँले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरे । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारीकरणमा सहयोग गर्ने भन्दै उहाँले उत्साहित भएर व्यावसायिक कृषिमा लाग्न उनको आग्रह थियो । माघ महिनाभित्रै गण्डकी प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशुविज्ञ केन्द्र स्थापना भइसक्ने उनले जानकारी दिए । सीमित पूर्वाधार र जनशक्तिको परिचालन गरेर स्थापना भएका कार्यालयबाट अधिकतम फाइदा लिन उनले किसानलाई आग्रह गरे ।

साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको छ । खेलिरहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर केन्द्रको लागि भवन खाली गरिदिन उहाँले आग्रहसमेत गरे ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : ५९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले