५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना



बागलुङ । गण्डकी प्रदेशको बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज बागलुङ बजारमा केन्द्रको कार्यालय स्थापना गरेको हो ।

तीन वर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङका किसानले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । किसानसँग सम्बन्धित कार्यालय नै भौगोलिक हिसाबले टाढा रहेको भन्दै गुनासो आएपछि सबै जिल्लामा ज्ञान केन्द्र स्थापना थालिएको थियो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ ।

कार्यालयको आज उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले किसानलाई सहयोग र सम्मानको आवश्यकता रहेको बताए । देशको प्राण धान्ने मुख्य मेरुदण्ड नै कृषि क्षेत्र भएको भन्दै थापाले किसानको सम्मान नभएसम्म कृषि पेशामा लाग्नेबाट उत्पादनमा आशा गर्न नसकिने बताए । गण्डकी प्रदेश सरकारले किसानलाई साथ र सहयोग गर्न नीतिगत तहमानै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा सरोकारवाला लाग्नुपर्नेमा उनको जोड थियो ।

नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझै पनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उहाँले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरे । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारीकरणमा सहयोग गर्ने भन्दै उहाँले उत्साहित भएर व्यावसायिक कृषिमा लाग्न उनको आग्रह थियो । माघ महिनाभित्रै गण्डकी प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशुविज्ञ केन्द्र स्थापना भइसक्ने उनले जानकारी दिए । सीमित पूर्वाधार र जनशक्तिको परिचालन गरेर स्थापना भएका कार्यालयबाट अधिकतम फाइदा लिन उनले किसानलाई आग्रह गरे ।

साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको छ । खेलिरहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर केन्द्रको लागि भवन खाली गरिदिन उहाँले आग्रहसमेत गरे ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : ५९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं