१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

राखेपको अभिमुखिकरण बागमती प्रदेशमा शुरु



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बुधबारदेखि भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको छ ।

बागमती प्रदेश स्तरीय कार्यक्रमको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको छ ।

दुईदिने कार्यक्रमको पहिलो दिन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. सुरेनबहादुर कार्कीले योगा र नेचुरोप्याथी, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन र रिता प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी बारे प्रकाश पारेका थिए । दोश्रो दिन पनि विज्ञहरु सहभागीलाई विभिन्न विषयमा जानकारी गराउने छन् ।

यसअघि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बाँकी दुई प्रदेशमा पनि उक्त कार्यक्रम हुने छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : २५ बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)