१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल पक्षको आन्दोलन प्रति गृह प्रशासनको कडाई गर्ने संकेत, आम हड्ताल अवज्ञा गर्नेलाई गृहले सुरक्षा दिने



काठमाडौं । गृह मन्त्रालयले प्रचण्ड–पक्षले आह्वान गरेको आम हड्तालप्रति कडाई गर्ने संकेत गरेको छ । प्रचण्ड-नेपाल पक्षले आम हड्तालको आह्वान गरे लगत्तै गृहमन्त्रालयले बिज्ञप्ति प्रकाशित गर्दै नागरिकको ईच्छा विपरित सेवा संचालनमा अवरोध गरिए कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

संविधानको व्यवस्था विपरित सरकारले संसदीय सुनुवाइ समेत नगरि संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराएको विरोधमा प्रचण्ड-नेपाल पक्षले बिहिबार आम हड्तालको आह्वान गरेको छ । आम हड्ताललाई लक्षीत गर्दै गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

सार्वजानिक आवागमन र ब्यवसाय संचालन गर्न चाहने नागरिकलाई सुरक्षा दिन गृह प्रशासन तयार रहेको बिज्ञप्तिमा उल्लेख छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने समेत मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ४९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज