४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रचण्ड-नेपाल पक्ष सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु



सर्लाही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ ।

बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड-बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी उद्धवसिंह भाटले जनाएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वाग्लेको मृत्यु रहस्यमय भएको जनाएका छन् । उनले वाग्लेलाई श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ८ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको