८ चैत्र २०८२, आइतबार | March 22, 2026

एक दुई वर्षमा विद्युत निर्यात गर्छौ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताएका छन् ।

कुश्मा—दाना प्रसारण लाइन र सबस्टेसनको भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने विश्वास व्यक्त गरेका हुन् ।

ओलीले निर्माणाधीन अन्य आयोजनाहरु सम्पन्न हुन लागेको जनाउँदै अबका १, २ वर्षभित्र हिउँद याममा पनि आफूलाई चाहिने विद्युत उत्पादन हुने दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका हुन् । ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०÷१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन् ।

कुश्माको खुर्कोटमा भएको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत सहभागी थिए ।

कार्यक्रममा उर्जामन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई संचालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रीत हुन प्राधिकरणलाई निर्देशन दिए ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।
कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए । शाक्यले दोस्रो खण्डको निर्माणलाई पनि तिब्रता दिन हरसम्भव प्रयास भैरहेको उल्लेख गरे ।

३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावरहरु रहेका छन् । प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा ११४ वटा टावरहरु रहने छन् ।
दाना दाना सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा र १ वटा २५ एमभीएको एउटा पावर ट्रान्सफर्मरहरु जडान भएका छन् । खुर्कोट सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा गरी १००/१०० एमभीएका ट्रान्सफर्मरहरु जडान भएका छन् । यी सबस्टेसनहरुमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने छ ।

प्रधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरु निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६मा ठेक्का सम्झौता भएको थियो । कम्पनीले ३० मे २०१६बाट निर्माण सुरु गरेको थियो । आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ३ : ४० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ