२० मंसिर २०८२, शनिबार | December 6, 2025

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : फाइनलमा धनगढी र होराइजन भिड्ने



भैरहवा । भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । जितसँगै होराइजनले फाइनलमा शुक्रबार उपाधिका लागि धनगढी क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो । उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए ।

बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ गरेको कासीले ३४.२ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो । उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए । यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १÷१ विकेट लिए । सुमित पराजुली म्यान अफ द म्याच भए ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : २५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय