३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : फाइनलमा धनगढी र होराइजन भिड्ने



भैरहवा । भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । जितसँगै होराइजनले फाइनलमा शुक्रबार उपाधिका लागि धनगढी क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो । उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए ।

बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ गरेको कासीले ३४.२ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो । उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए । यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १÷१ विकेट लिए । सुमित पराजुली म्यान अफ द म्याच भए ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : २५ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका