२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

मौसम : देशभर आंशिकदेखि सामान्य बदली, धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा सामान्य बदली भएको छ ।

त्यस्तै बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।

त्यसैगरी प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम बर्षा हुने संभाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू-भागका धेरैजसो स्थानहरुमा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।

त्यस्तै प्रदेश न १ का केही स्थानहरुमा पनि हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ७ : ०५ बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री