८ चैत्र २०८२, आइतबार | March 22, 2026

बैतडीको जङ्गलमा कक्षा १२ मा अध्ययनरत युवतीको शव भेटियो



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा कक्षा १२ मा अध्यनरत एक युवती मृत फेला परेकी छन्। दोगकेदार गाँउकै जङ्गलमा सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत कतोलाकी १९ वर्षीया भागरथी भट्टको शव फेला परेको हो ।

बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी भागरथीको शव स्थानीय लबलेक सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुधबार बिहान घरबाट कलेजका लागि निस्केकी भागरथी कलेज सकिएपछि पनि सम्पर्कमा नआएको र बिहिबार साँझ ६ बजेतिर जंगलमा शव भेटिएको बैतडी प्रहरी प्रवक्ता जनकबहादुर धामीले बताए ।

बैतडी प्रहरी प्रमुख नायव प्रहरी उपरिक्षक नारायण अधिकारी सहितको टोली आज बिहान घटनास्थल प्रस्थान गरेको धामीले बताए । ‘तालिम प्राप्त कुकुर, चिकित्सक र अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल तर्फ गएको छ , हत्या हो या अन्य केही त्यसपछि नै थाहा होला ।’ प्रहरी निरिक्षक धामीले खबरकुरासंग भने ।

प्रहरीका अनुसार घटना प्रकृतिले बलात्कार पछि हत्या भएको आशंका गर्न सकिन्छ । शव बीच जंगलमा भेटिएको तथा शरीरभरि नीलडाम र घाउ हुनुका साथै कपडा पनि च्यातिएको अवस्थामा शव भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुग्न सदरमुकामबाट २ घण्टा लाग्ने स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ०३ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।