११ चैत्र २०८२, बुधबार | March 25, 2026

ओलीले गुण्डागर्दी शैलीमा राज्यसत्ता कब्जा गर्नथाले : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जंगली गुण्डाराज चलाउन थालेको आरोप लगाएका छन् ।

ललितपुमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले जंगली पाराले गुण्डागर्दीको शैलीमा राज्यसत्ता कब्जा गर्न थालेको आरोप लगाएका हुन् । प्रचण्डले संवैधानिक अंगका नियुक्ति र भूमि आयोगमा गरिएको जबरजस्ती नियुक्तिले ओलीमा गुण्डाराज देखिएको जिकिर गरे ।

प्रचण्डले अति भएर मात्रै आम हड्तालजस्तो अप्रिय आन्दोलनमा उत्रिनु परेको बताए । उनले भने, ‘ओलीको गुण्डाराजविरुद्ध तुरुन्तै प्रतिवाद गर्नुपर्यो । त्यसैले तत्कालै आमहड्तालमा गयौं । हड्ताललाई जनताले साथ दिनुभयो ।’ अब ओलीको प्रतिगमन र स्वेच्छाचारीता विरुद्ध संयुक्त जनआन्दोलन हुने बताउँदै प्रचण्डले अब हड्ताल गर्नुपरे जनता स्वयंले गर्ने दाबी समेत गरे ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनसम्म आइपुग्दा घटनाक्रम कसरी बढे भन्नेबारेमा आफुहरुले छिटै नै स्वेतपत्र जारी गर्ने बताए । स्वेतपत्रमा देशमा दुर्घटना किन निम्तियो, आफुहरुको भूमिका के थियो भन्ने कुरा पनि उल्लेख उनले उनले बताए ।

जनतालाई प्रष्ट पार्न जरुरी छ । हामी आफै पनि आत्मसमीक्षा गर्न जरुरी छ भन्दै प्रचण्डले आफुहरु राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा रहेको दाबी गरे । आफुहरुको आन्दोलन पदाका लागि नभएको भन्नेकुरा जनतालाई बुझाउने उनले प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ०९ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको