१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मूल पार्टी हामी हौं अब कुनै अलमल छैन, यही सभाको उपस्थितिले फैसला ग-यो : प्रधानमन्त्री ओली



काठमाडौं । ओली पक्षीय नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मूल पार्टी भएको दाबी गरेका छन् ।

नारायणहिटी दरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सातदशकसम्म लोकतन्त्रका लागि लडेर आएको नेकपाको मात्रै नभएर देशकै मूल पार्टी भएको दाबी गरे । ओलीले सभामा उपस्थित मासलाई हातले इशारा गर्दै भने, हामी हौं मूल पार्टी हौं, जहाँ लाखौं जनता छन् ।
ओलीले प्रश्न गर्दै भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने पार्टी हाम्रो पार्टी हो । अझै पनि बताउनुपर्छ कुन मूल पार्टी हो कुन हैन भनेर आजैबाट टुंगो लाग्यो अब कुन सक्कली कुन नक्कली हो भनेर । अब कुनै अलमल छैन ।’

ओलीले ट्याक्सीभित्र ड्राइभर जलाउन खोज्नेलाई सर्वहारावादी पार्टी रे भन्दै प्रचण्ड नेपाल नेकपालाई ब्यंग गरे । उनले भने, ‘ नेपाल बन्द रे ! बुढी आमाको साग फाल्दिने सर्वहारावादी रे ! तरकारी मुला फाल्दिने पनि सर्वहारावादी रे ! तर सरकारले ती गरिबलाई हामी क्षतिपूर्ति दिन्छौं ।’

ओलीले प्रचण्डलाई नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए । उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छ् ती दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । अब शान्तिपूर्ण नेपाल हो ।’

ओलीले आफ्नो सभामा सहभागी बढी हुन्छन् भनेर हिजो नेपाल बन्द गरेर तर्साउन खोजिएको आरोप लगाए । बाटोमा खाल्टो खन्ने, बम समेत राखेर विप्लवको नाम लेख्ने काम भएपनि सभामा लाखौंको उपस्थितिले ती मान्छेहरुको मनसुवालाई असफल बनाइदिएको दाबी गरे । उनले भने, ‘हामीलाई त आससभा गर्ने ठाउँसमेत भएन ।’ ओलीले अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो सभा भएको भन्दै सन्तोष व्यक्त गरे ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ४८ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा