८ बैशाख २०८१, शनिबार | April 20, 2024

आगोसँग खेल्न खोज्दा बालुवाटारबाट बालकोट भयो, ६ प्रदेश चट भयो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी षड्यन्त्र चलिरहेको बताएका छन् ।

नेकपा मसाल (सम्पर्क केन्द्र)सँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तकारी शक्तिहरु मिलेर गणतन्त्र उल्ट्याउने षड्यन्त्र भैरहेको बताएका हुन् । प्रचण्डले संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले गत पुस ५ मा प्रतिगामी कदम चालेको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन् ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टीमा अन्तरसंघर्ष चलेकाले प्रतिनिधिसभा विघटन गरिएको भनियो। त्यसबेला निकै ठूलो संघर्ष चलेको थियो। जरुरी परे हामी ठूलो क्रान्ति गर्न तयार छौँ भनेका थियौँ।’

एमालेसँगको एकता जोगाउने आफ्नो चाहना हुँदाहुँदै पनि जोगाउन नसकिएको प्रचण्डले स्मरण गरे । उनले भने, ‘तर माओवादीसँग खेल्न खोज्दा केपी ओली बालुवाटारबाट बालकोटाको बिजोग भयो । ६ वटा प्रदेशबाट चट भयोु,आगोसँग खेल्दा आगामी निर्वाचनमा कसको हालत के हुनेछ भन्ने नेपाली जनताले देखाउनेछन्। हामी जित्ने छौँ।’

उनले मसालसँगको एकता दीगो हुने विश्वास व्यक्त गरे । इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्न सकिने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : २० बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको