१२ बैशाख २०८१, बुधबार | April 24, 2024

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : होराइजनलाई उपाधि



भैरहवा । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो । उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो ।

प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत भए ।

सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १४८ नै बनायो । उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए । बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान ३÷३ विकेट लिए । सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो । धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो । होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए ।

विजेतालाई प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रक मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गरे । पूर्वराष्ट्रि क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ४४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको