७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने



काठमाडौं । उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई दिनलागेको कोभिड खोप अनुदानको डोज बढाएको छ ।

यसअघि नेपाललाई ३ लाख डोज खोप उपलब्ध गराउन लागेको चीनले त्यसलाई अब ५ लाख डोज पुयाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनिया समकक्षी  एवं स्टेट काउन्सिलर वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तापछि चीनले थप २ लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको हो ।

टेलिफोन कुराकानीकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले सो सहयोगको घोषणा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कुराकानीका क्रममा विदेशमन्त्री वाङले<span;> चीनले नेपाललाई प्राथमिकतामा साथ खोप उपलब्ध गराउने पनि बताएका छन्।

नेपालस्थित चिनियाँ दूतावासले केही दिनअघि मात्रै नेपाललाई ३ लाख डोज कोभिड खोप उपलब्ध गराउन लागेको जनाएको थियो । ति खोप छिटो उपलब्ध गराउनका लागि नेपालका अधिकारिहरूसँग छलफल भैरहेको दूतावासले जनाएको थियो ।

त्यसअवसरमा दुई मुलुको आपसी हितका विषयहरुमा छलफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो सहयोगका लागि मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिएका थिए । ज्ञवालीले चीनद्वारा कोभिड खोपलाई विश्वभर सार्वजनिक वस्तुको रूपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : ४४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११