१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाजुराको जडाङ्ग नदिमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा



बाजुरा । बाजुरा जिल्ला र अछामको साफेँ मार्तडी सडक खण्ड अन्तरगत पर्ने बाजुरा को बडिमालिका नगरपालिकाको जडाङ्ग नदिमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ ।

सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का लगाएकोमा । ठेक्काएमएस एमके बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनीले पाएको ठेक्काको काम करिव सकिएको निर्माण कम्पनिका ठेकेदार चक्र शाहले बताए ।

बेलिब्रिज निर्माण सम्झौता माघ महिनाको मसान्त सम्ममा सकिने सडक डिभिजन प्रमुख ललित खनालले वताए। समझौता अनुसार समय सिमा भित्रै काम सम्पन्न हुने चरणमा पुुगेको सडक डिभिजन कार्यलय प्रमुख खनालले जानकारी दिए ।

गत साउन २५ गते राति आएको अविरल वर्षा सगै आएको बाढिले बेलिब्रिज र झोलुङ्गे पुल वगाएको थियो । बाढिले बुढिगंगा नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क विहिनभएको थियो । पुरानै बगाएको ठाँउमा बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय प्रमुख खनालले वताए।

बेलिबिज्र बगाएपछि सोहि स्थानमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाईएको थियो ।

बाढिले पुल बगाए पछि जिल्ला सदरमुकाम मार्तडी लगाएतका पुर्वि उत्तरी भेगका मानिसहरूलाई आवागमन गर्न निकै समस्या भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  २ : ४० बजे

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले